राजीनामा दिने अर्थमन्त्री खतिवडाको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राजीनामा दिने अर्थमन्त्री खतिवडाको घोषणा

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    काठमाडौं : अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गर्नुभएकाे छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उहाँले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गर्नुभएकाे हाे ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाउनुभएकाे थियाे । राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ । त्यससँगै उहाँले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो । उहाँले साँझसम्म राजीनामा दिने बताइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेको भन्दै धन्यवाद दिनुभएकाे छ ।