‘मन्त्रिपरिषद् हेरफेर हुँदैन, ढुक्कले काम गर्नू’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘मन्त्रिपरिषद् हेरफेर हुँदैन, ढुक्कले काम गर्नू’

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् हेरफेर नहुने बताउनुभएकाे छ । शुक्रबार भएको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर नहुने भएकाले मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न निर्देशन दिनुभयाे ।

    ‘अहिले मन्त्रिपरिषद् हेरफेर हुँदैन। बाहिरी हल्लाको पछि नलाग्नुहोस्’, प्रधानमन्त्री ओलीको भनाइलाई उदृत गर्दै एक मन्त्रीले भन्नुभयाे, ‘अहिले रिक्त मन्त्रालयमा पदपूर्ति हुन्छ। तर, तत्कालै अरु हेरफेर हुँदैन। हल्लाको पछि नलाग्‍नू, आफ्नो मन्त्रालयको तनाव लिनू।’

    प्रधानमन्त्री ओलीले खाली रहेको स्थानमा पूरा गर्ने बताए पनि तत्कालै हेरफेर नगर्ने संकेत गरेको ती मन्त्रीले जानकारी दिनुभयाे । नेकपाको विवाद समाधान कार्यदलले प्रतिवेदनमा मन्त्रिपरिषद् हेरफेर गर्न सुझाएपछि त्यसबारे चर्चा भइरहेको छ।