तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ स्थित गाउँपालिका कार्यालय नजिक शुक्रबार राति ८:२० बजे एउटा सवारी जलेको छ । गुडिरहेको अवस्थामा उक्त सवारी साधन आफै जलेको हो ।
बागलुङबाट मुग्लिङतर्फ जॉदै गरेको उक्त सवारीमा गुडिरहेको अवस्थामा आफै आगलागी भएको स्थानीयवासी बादल थकालीले जानकारी दिनुभयो । उक्त सवारीका चालक र दुई जना अन्य भने आगलागी हुने बित्तिकै सवारीसाधनबाट निस्किएका थिए । “केही बेर अघिसम्म तिनीहरु सम्पर्कमै थिए, अहिले खोज्दा भेटिएन,” उहॉले भन्नुभयो ।
इलाका प्रहरी कार्यालय ऑबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले घटनास्थलमा प्रहरी पुगिसकेको र थप विवरण आउन बॉकी रहेको जानकारी दिनुभयो ।
तस्वीर : बादल थकाली