मोरङमा तीनजना कोरोना संक्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश १

    मोरङमा तीनजना कोरोना संक्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, शनिबार

    विराटनगर : मोरङमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। बितेका २४ घण्टाभित्र दुई महिला र एक पुरुष संक्रमितको मृत्यु भएको हो। विराटनगरस्थित कोशी अस्पताल, कोशी कोभिड १९ उपचार केन्द्र र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ती संक्रमितको ज्यान गएको हो।

    मोरङको धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूष (कोशी अस्पतालको आइसोलेसनबाट रिफर गरिएका) ​को शनिबार विहान ११ बजे मृत्यु भएको हो। ज्वरो आउने र स्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनलाई शुक्रबार राति कोभिड अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको कोशी कोशी कोभिड १९ उपचार केन्द्रका संयोजक डा. दीपक सिग्देलले जानकारी दिनुभयाे ।

    शुक्रबार विहान ११ बजे कोशी अस्पताल भर्ना भएका ती पुरुषको हिजो स्वाब प्रदेश प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। लगत्तै, उनलाई कोशी कोभिड १९ उपचार केन्द्रमा पठाइएको थियो। त्यसैगरी, कोशी अस्पतालमा विराटनगर ४ कि ६४ वर्षीया महिलाको मृत्यु भएको छ। ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शुक्रबार दिउँसो ३ बजेतिर अस्पताल लगिएको थियो।

    कोरोना संक्रमण आशङ्कामा स्वाब संकलन गरी आइसोलेसनमा राखी उपचार भैरहेकोमा साँझ सवा सात बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए। उता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर ११ कि ४३ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको छ।

    पेट र छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रेफर भएकी महिलाको साझ ६ बजेर ३० मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयाे। महिलामा चार वर्षदेखि मुटु र उच्च रक्तचापको समस्या रहेको बताइएको छ। मृतकमा बुधबार कोरोना पुष्टि भएपछि न्यूरोले बिहीबार प्रतिष्ठानमा रेफर गरेको थियो। हालसम्म प्रतिष्ठानमा उपचाररत २२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ। जसमा विराटनगरका मात्र १४ जना रहेका छन। १२ जना प्रदेश २ घर भएका हुन्।