२४ घण्टामा थपिए ९० हजारभन्दा बढी संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    २४ घण्टामा थपिए ९० हजारभन्दा बढी संक्रमित

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    एजेन्सी : भारतमा २४ घण्टामा ९० हजारभन्दा संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार ९० हजार ६ सय ३३ संक्रमित थपिएका हुन्।

    विश्वमा कोरोना महामारी सुरु भएयता एकै दिन यति धेरै संक्रमित थपिएको यो विश्व रेकर्ड हो। योसँगै भारतमा संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय ११ पुगेको छ। २४ घण्टामा १ हजार ६५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७० हजार ६ सय २६ पुगेको छ।