अर्जुन कपुर र मलाइका अरोरालाई कोरोना संक्रमण, दुवै होम क्वारेन्टाइनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    अर्जुन कपुर र मलाइका अरोरालाई कोरोना संक्रमण, दुवै होम क्वारेन्टाइनमा

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, सोमबार

    एजेन्सी : बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोरालाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ। अर्जुन र मलाइका प्रेमीप्रेमिका हुन्।

    अर्जुनले आइतवार इन्स्टाग्राममार्फत आफू संक्रमित भएको जानकारी दिएका छन्। मलाइकाको संक्रमणबारे उनकी बहिनीले टाइम्स अफ इण्डियासँग कुरा गर्दै पुष्टि गरेकी हुन्।

    अर्जुन र मलाइकामा कोरोनाको कुनै लक्षण भने देखिएको छैन। दुवै जना चिकित्सकको सल्लाहमा होम क्वारेन्टाइनमा बसेका छन्।