तनहुँ : ज्यान मार्ने उद्योगका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका-२ का १९ वर्षीय सुक्मित राना रहेको प्रहरीले जनाएको छ ।
निजलाई सम्बन्धित घरवतनबाटै पक्राउ गरी सोमबार अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।
विसं २०७६ फागुन २६ गते दिउँसो दुलेगौडामा सुमित श्रेष्ठ सवार स्कुटरलाई पिछा गरी बाटो छेकेर ज्यान मार्ने उदेश्यले प्रतिवादी जिरे भन्ने रवि लामा समेतले धारिलो हतियार खुकुरी प्रहार गरेका थिए ।