पाँच महिनामा ३४६ जनाको ज्यान गयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पाँच महिनामा ३४६ जनाको ज्यान गयो

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७७, बिहीबार

    काठमाण्डाै : पछिल्लो २४ घण्टामा बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर चार जनाको ज्यान गएको छ । गएकाे २४ घण्टामा विभिन्न जिल्लामा ६ वटा प्राकृतिक विपदका घटना भएका छन् । पहिरोमा एक महिला र दुई पुरुष तथा चट्याङमा एक पुरुषको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

    गएको १८ गते बाग्लुङको ढोरपाटन नगरपालिका ९ काे भुसुण्डे, दुनेपोखरा र लाकुरीबोटमा गएको पहिरोमा ९३ वटा घर बगाउँदा हराइरहेका तीन जनाको शव भेटिएको छ । यो पहिरोमा २१ जनाको ज्यान गएको छ । १९ जना अझै सम्पर्कविहीन छन् । यस्तै चार जना घाइते छन् । 

    बाग्लुङकाे ताराखोला गाउँपालिका ३ काे सिलमारेमा घरमा परेको चट्याङ लाग्दा एक पुरुषको ज्यान गएको हो । गएको वैशाख १ गतेयता पहिरोमा परेर दुई सय ५०, बाढीमा ३९,  चट्याङका कारण ५७ जना गरी तीन सय ४६ जनाको ज्यान गएको छ ।  यस्तै यो अवधिमा बाढी पहिरोमा परेर ८५ जना सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार यस अवधिमा विपदमा परेर तीन सय ९७ जना घाइते भएका छन् ।