युवामाथि कुटपिट गर्ने पॉच पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    युवामाथि कुटपिट गर्ने पॉच पक्राउ

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको भानु नगरपालिका-१० चिसापानी उपल्लो मैदानका २३ वर्षीय सुरज बस्याललाई कुटपिट गर्ने पॉच युवा पक्राउ परेका छन् । गएराति पॉच जना युवाहरुले मादक पदार्थ सेवन गरी बस्याललाई कुटपिट गरेका थिए ।

    कुटपिटबाट बस्यालको टाउकोमा चोट लागेको छ । घाइतेको स्थानीय मेडिकल कालीमाटीमा उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाका अनुसार सोही ठाउँका १९ वर्षीय राजु गोतामे, १९ वर्षीय सुरज गोतामे, १८ वर्षीय सन्जिब अछामी, २२ वर्षीय सन्तोष नेपाली र १८ वर्षीय रन्जित अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।