शुक्लागण्डकीमा थपिए एक सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीमा थपिए एक सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाका थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिका-५ का ५९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्दशनालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा स्वाब परीक्षण गर्दा उहॉमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    यस्तै गण्डकी प्रदेशमा शुक्रबार १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । कास्कीमा दुई, स्याङ्जामा दुई, तनहुँमा एक र नवलपुरमा १२ जना सङ्क्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २७४७ पुगेको छ ।