तनहुँ : तनहुँको भानु नगरपालिकाका थप एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार भानु नगरपालिका-५ का १७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयले शुक्रबार सॉझ सार्वजनिक गरेको विवरण अनुसार ती युवालाई कन्ट्याक्ट ट्रेसिङबाट सङ्क्रमण पुष्टि भएको हो।
यो सहित तनहुँमा आज १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानुमा ११, शुक्लागण्डकीमा एक, भीमादमा एक र ऑबुखैरेनीमा एक जना सङ्क्रमित थपिएका छन् ।