तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकाकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षण अनुसार ऑबुखैरेनी गाउँपालिका-३ की ३९ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान सार्वजनिक गरेको विवरण अनुसार तनहुँ सहित कास्की, गोरखा, बागलुङ र नवलपुरका गरी २३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२०१ पुगेको छ ।