विप्लव निकट दुई विद्यार्थी नेता पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    विप्लव निकट दुई विद्यार्थी नेता पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    पोखरा : जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले कास्कीको पोखरा महानगरपालिका–६ हल्लन चोकबाट जबरजस्ती चन्दा उठाउने विप्लव समूहका दुई विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा उदपयुर त्रियुगा नगरपालिका–७ मोतिडाँडा घर भई काठमाडौँ तार्केश्वर बस्ने २७ वर्षीय रविन केसी र रोल्पा गंगादेवी गाउँपालिका–२ घर भई काठमाडौँ गोगंबु बस्ने २२ वर्षीय रामकुमार डाँगी रहेका छन् ।

    उनीहरुलाई नगद एक लाख रुपैयाँ, ४ वटा मोबाइल फोन र चन्दा उठाउन प्रयोग गरिएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) केन्द्रीय समितिका नगद रसिदसहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिनुभयो ।