कलाकाे लाहुरे आउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    कलाकाे लाहुरे आउँदै

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०७७, शुक्रबार

    तनहुँ : चर्चित लोक गायिका कला लम्सालको “लाहुरे आएन झुक्यायो” गीतको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ । कला र विमल परियारको आवाजमा रहेको उक्त गीत आइतबार सार्वजनिक हुने भएको छ ।

    म्युजिक भिडियोमा स्वयं कला र गम्भीर विष्टको अभिनय रहेको छ । शिव हमालको शब्द र सङ्गीत रहेको उक्त गीतको छायाङ्कन नवराज उप्रेतीले गर्नुभएको हो । ऐना हेरी हेरी, हेर्न मनाही छ, चाइनाको किरिम, धानको चामल लगायतका उत्कृष्ट गीत निकालिसक्नुभएकी कलाको अब गाउने गीत पनि दर्शकले मन पराउने विश्वास लिइएको छ ।