आइसोलेशनबाट फर्किएका वृद्धवृद्धाले भनेः ‘मरुँ झै ला’थ्यो, बाँचेर आइयो’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    आइसोलेशनबाट फर्किएका वृद्धवृद्धाले भनेः ‘मरुँ झै ला’थ्यो, बाँचेर आइयो’

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७७, शुक्रबार

    लमजुङ : जब उहॉको छोरालाई कोरोना संक्रमण भयो, आइतकुमारी गुरुङ (६५) छाँगाबाट खसे झैं हुनुभयो । उहॉले पति मंगले गुरुङ (७५) लाई सुनाउनुभयो । एक्लो छोरो कोरोना लागेको सुनेपनि मंगले बेचैन हुनुभयो ।

    यो भदौ १५ गतेको कुरा हो । बृद्धबृद्धासहित परिवार नै कन्ट्याक्ट ट्रेसिङमा पर्यो । भदौ १७ गते परिवारका सवै सदस्यको पीसीआर परीक्षण भयो । २० गते रिपोर्ट आउँदा बृद्धाबृद्धा आफैं कोरोना संक्रमित हनुभएछ । साथमा बुहारी र नातिनी पनि । भर्खर साँढे ५ वर्षको नातीको भने रिपोर्ट नेगेटिभ आयो । अर्थात परिवारमा कोरोना संक्रमणबाट बालकमात्रै जोगिए ।

    लमजुङमा कोरोना संक्रमितमध्ये मंगले हालसम्म सवैभन्दा बृद्ध हुनुहुन्छ । आइतकुमारी महिलामध्ये सवैभन्दा बृद्धा हुनुहुन्छ । ‘कहिल्यै नसुनेको यो रोगको खबर रेडियो, टिभिमा सुनेको हो । यो रोग लागेपछि बुढाबुढी त मोर्छ भन्ने सुनेको हो । रेडियो टिभिले कोरोनाबाट बुढाबुढीमात्रै म¥यो भनेर मन्थ्यो । म त आत्तिएँ । बुढालाई लौन के गर्ने होला भनें’ आइतकुमारीले भन्नुभयो, ‘बुढाले केही हुँदैन । जे हुन्छ, हुन्छ नि भन्नुभो ।’ बिहान ११ बजेतिर खबर सुनेपनि परिवारैले खाना खाएनन् । नातीको रिपोर्ट आउन पनि ढिला गर्यो । ‘साँझ ६ बजेतिर एम्बुलेन्स आयो । हामी सवैलाई लग्यो । कहाँ पु¥यायो थाह छैन’ उहॉले भन्नुभयो, ‘अस्पतालको पछाडिबाट लगिएछ । मरेको मान्छे राखेको ठाउँमा हिँड्दा डर लाग्यो । एउटा कोठामा लग्यो । कहाँ राखिएको रहेछ भन्ने कुरा भोलिमात्रै थाह भयो ।’

    मंगले भारतीय भूपू हुनुहुन्छ । क्व्होलासोंथर गाउँपालिका ४, भुजुङका उहॉको परिवार एकदशकदेखि बेंसीसहर बस्नुहुन्छ । कोरोना लागेको सुनेपछि उहॉले कहिं नजाने, घरै बस्ने भन्नुभयो । सरकारी नियम मान्नुपर्ने भनेपछि उहॉ आइसोलेशन जान राजी भए । ‘छोरालाई कोरोना लाग्दा आधा शरीर छैन जस्तो लागेथ्यो । आफैंलाई कोरोना लाग्यो भन्दा बरु केही लागेन’ उहॉले पत्नीलाई भन्नुभएको थियो, ‘केही हुँदैन । यो लागेको मात्रै हो । केही फिकर नगर । सरकारले जहाँ लान्छ, त्यहीं जाने हो ।’

    घरमा चोरी हुनसक्ने भन्दै आइतकुमारीले बाकासको पैसा पटुकामा बेर्नुभयो । उहॉ आँसु खसाल्दै आइसोलेशन जानुभयो । ‘म मरें भने मलाई कसैले पनि छुँदैन । यो पैसा पनि जल्छ । मलाई एकदमै पीर लाग्यो’ उहॉले भन्नुभयो, ‘छोराको मुख हेर्न नपाई मरिन्छ झैं लागेको थियो । तर, केही गरेन खोइन । भन्नेमात्रै रहेछ ।’ कोरोना लागेको बृद्धबृद्धाको मृत्यु भएको खबर उहॉले दिनहुँ टेलिभिजन र रेडियोबाट सुन्नभएको थियो । ‘कोरोना लागेको मान्छेलाई भुइँमा सुताएको टिभीमा देखेको थिएँ । रेडियोले पनि त्यस्तै त्यस्तै भनेको थियो । म त बिरामी मान्छे । भुइँमा राख्यो भने म त मरिन्छ भन्ने सोंचे’ उहॉले भन्नुभयो, ‘ओड्ने ओछ्याउने आफूले पनि लगेको थिएँ । एउटा कोठामा लगेर बुढाबुढीलाई राख्यो । २ वटा खाट रहेछ । सुत्नलाई समस्या भएन । खाना पनि मिठो नै थियो । बिहान र दिउँसो खाजा । बिहान र बेलुकी खाना । यसरी त घरमा पनि खाएका थिएन ।’

    परिवारको माया छँदैछ । उहॉलाई आफूले पालेको २०/२२ वटा कुखुराको पनि माया लाग्यो । नातीलाई राख्न समस्या भयो । पछि उस्को छ्यामाले लाने निधो भयो । ‘मेरो कुखुरा जिउँदै रहेछ । छिमेकीले हेरिदिएछन् । पछि छोरो आएर हेरेको रहेछ’ उहॉले भन्नुभयो , ‘अब नातीलाई भेट्न बाँकी छ । परिवार सवै एकै ठाउँमा भयो ।’

    आइसोलेशनमा बस्दा आइतकुमारीलाई मरिन्छ कि भन्ने मनमा लागिरह्यो । उहॉ दमका विरामी हुनुहुन्छ । केही वर्षयता हाडजोर्ने समस्या छ । चिसोको समय उहॉलाई निकै समस्या हुन्छ । किड्नीको पनि समस्या छ । मंगलेमा दम, खोकी र मुटुको समस्या छ । ‘घरमा केही भएको थिएन । अस्पतालमा बस्न गएपछि टाउको दुख्ने समस्या आयो । जीवनजल मागेर खाएँ । अर्पणाको बाबा (पूर्णचन्द्र घिमिरे) ले के–के आयुर्वेदेकि औषधी ल्याइदियो । डाक्टरहरुले पनि सिटामोल र खोकीको औषधी दियो’ उहॉले भन्नुभयो, ‘बेसार र अदुवापानी बनाएर दिनभरी खान्थें । दिनमा ३ पटक बाफ लिन्थें । अरु ठूलो औषधी उपचार परेन । कोरोना निको भयो । कोरोना लागेपछि मरिन्छ भन्ने त हल्लामात्रै रहेछ ।’

    आयुर्वेदिक औषधी भने नचिनेकोले सवै खाना नसकेको उहॉले सुनाउनुभयो । बिहीबार साँझ कोरोनामुक्त भएको खबर सुनेपछि ल्याइसकेको खाना पनि मंगलेले खानुभयो । उहॉ खुसीले गद्गद् हुनुभयो । ‘मनमा पीर लिनु हुन्न भने पनि मान्छे न हो, पीर त आइहाल्छ नि । श्रीमती छ, परिवार छ’ उहॉले भन्नुभयो, ‘मलाई केही हुँदैन भनेर बसें, दुखबिमार केही भएन । अलि खलि रुघा भने लाग्यो ।’ घरेलु मदिरा र चुरोटका अम्मली उनले अस्पतालमा खान पाएनन् । ‘खान त मन थियो । सरकारले खाना नदिँदो रहेछ । त्यही बेसार र अदुवापानी खाएर बसियो । कोरोना कता भाग्यो, बाग्यो ।’


    पछिल्लो पीसीआर लिँदा उहॉले घाँटी दुखेको महसुस गर्नुभयो । भदौ ३० गते पीसीआर गरिएको थियो । ‘घाँटीमा सिन्का हालेर घोचिदिँदा घाँटी दुख्यो । अरु त केही भएन’ उहॉले भन्नुभयो । टाउको दुखेपछि उहॉले भदौ १० गते घरमा सिटामोल खाएको बताउनुभयो । अस्पतालमा खोकीको औषधी खाएका थिए । ‘औषधी भने पनि जे भनेपनि आयुर्वेदिक खाएँ । बेसार र अदुवापानी खाएँ । अरु केही खाएन’ उहॉले भन्नुभयो ।

    आइतकुमारीलाई भने पछिल्लो पीसीआरका लाथि थ्रोट स्वाब लगेको राती निन्द्रा लागेन । ‘जाँचेर त लग्यो । नेगेटी (नेगटिभ) आउने हो कि पोजेटी (पोजेटिभ) आउने हो भनेर चिन्ता लाग्यो । रातभरी सुत्न सकेन । फेरि यहीं बस्नुपर्ने हो कि झैं लाग्यो । यहीं बस्नु परेपनि बसौंला । अहिलेसम्म बिरामी भएको छैन क्यारे भन्ने सोंचे’ उहॉले भन्नुभयो ।


    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले महिलाका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल र पुरुषका लागि बेंसीसहरको सहजी र सुन्दरबजारमा आइसोलेशन निर्माण गरिएको बताउनुभयो । बृद्ध र स्वास्थ्यमा समस्या भएका बृद्धबृद्धालाई संगै अस्पतालमा राखिएको उहॉले बताउनुभयो । लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बृद्धबृद्धालाई नियमित स्वास्थ्य जानकारी र सोधपुछ गरि उनीहरुको समस्या अनुसार औषधी दिइएको बताउनुभयो । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले मंगले जिल्लामै सवैभन्दा जेठो कोरोना संक्रमित भएको बताउनुभयो । महिलामा उनकी पत्नी आइतकुमारी सवैभन्दा बढी उमेरका कोरोना संक्रमित भएको बताउनुभयो

    ‘कोरानाले दीर्घ रोगी र बृद्धबृद्धालाई समस्यामा पारेको देखिँदै आएको छ । यी दम्पत्तीलाई कोरोनाले खासै प्रभाव पारेको देखिएन । उहाँहरुले सहज तरिकाले कोरोना जित्नुभो’ उहॉले भन्नुभयो । उहॉका अनुसार लमजुङमा ३ सय ७१ जना संक्रमित छन् । यसमा महिला ६५ छन् । २ सय ५६ जना पुरुष छन् । कोरोना संक्रमितमध्ये १ सय ७२ जना निको भइसकेका छन् । निको हुनेमा महिला महिला ३० र पुरुष १ सय ४२ जना छन् ।