सागर उदासको ‘जम्काभेट’ भिडियो रिलिजको लागि तयार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    सागर उदासको ‘जम्काभेट’ भिडियो रिलिजको लागि तयार

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    तनहुँ : प्रेम, जीवन र सङ्घर्षको विषयमा कलम चलाउन सिपालु गीतकार सागर उदासले ‘जम्काभेट’ बोलको गीतको भिडियो बजारमा ल्याउन लाग्नुभएकाे छ । सुदिप पौडेलको निर्देशनमा तयार भएकाे भिडियाे यही शुक्रबार रिलिज गर्ने तयारी गरिएकाे उदासले जानकारी दिनुभयाे ।

    हरि लम्सालद्वारा सङ्गितबद्ध उक्त गीतमा नेपाली तारा सन्तोष लामाको आवाज रहेकाे छ । पहाडकी रानी बन्दीपुर लगायत विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको उक्त भिडियोमा आर.भी सुनाम र सिम्रन श्रेष्ठको अभिनय रहेको छ ।

    हाल अष्ट्रेलिया निवासी सुमन क्षेत्रीको लगानीमा निर्माण भएको उक्त भिडियोमा बबिता थापाले कोरियोग्राफी गर्नुभएकाे छ । हाई फाइभ मल्डिमिडिया दमौलीमा पोष्ट प्रोडक्सन गरिएको भिडियोको छायाङ्कन र सम्पादन रमेश शर्माले गर्नुभएकाे छ । रोशन शर्माको एसोसियट निर्देशनमा तयार भिडियोले सबैको मन जित्ने विश्वास लिइएको छ ।