डा. श्याम सुन्दर चौधरीको सांगीतिक यात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    डा. श्याम सुन्दर चौधरीको सांगीतिक यात्रा

    दुर्गानिधि काैडाल

    ६ आश्विन २०७७, बुधबार

    साइप्रस : बारा जिल्लाको फत्तेपुर (हाल जितपुर सिमरा उपमहानगरपालिका १२) मा पिता नन्दलाल तथा माता गिर्जादेबीका माहिला छोराको रुपमा २०३२ भदौ ८ गते जन्मिनुभएका डा. श्याम सुन्दर चौधरीले समाजशास्त्रमा विद्यावारिधी गर्नुभएको छ ।

    हाल काठमाडौँ न्यू क्यासल स्कूल तथा सिल्करोड इन्टरनेशनल कलेजमा प्रिन्सिपलको रुपमा कार्यरत डा. चौधरीले निक्कै व्यस्तताका बाबजुद पनि सङ्गीतको लागि समय निकाल्नुहुन्छ । चौधरीले तिलकसिंह पेलासँग शास्त्रीय सङ्गीतको पनि ज्ञान लिनुभएको छ । यसका अतिरिक्त त्रिभुवन विश्वविद्यालयबाट उहाँले सङ्गीतमा स्नातक गर्नुभएको छ ।

    बाल्यकालदेखि नै सङ्गीतमा अत्यन्तै रुची राख्ने डा. चौधरीको औपचारिक साङ्गितिक यात्रा भने विसं २०५४ सालबाट भएको थियो । त्यसबेला उहाँको पहिलो गीत “लाइदेउन पिरती यौवनमा, के छ र मरिलानु जीवनमा” को रेकर्डिङ भएको थियो । तत्पश्चात उहाँले २०५७ सालमा “थ्रि डाइमेन्सन्स” नामको ब्याण्ड अन्तर्गत साङ्गितिक सङ्ग्रह मृगतृष्णा सार्वजनिक गर्नुभएको थियो । समय समयमा फुटकर गीतहरु गाउँदै आउनुभएको भएतापनि २०७२ सालमा मात्र उहाँको एकल सङ्गीतमा बालगीति सङ्ग्रह “हे पुतली नानी” सार्वजनिक भएको थियो ।

    उहाँले गाउनुभएका अन्य गीतहरुमा “कहिलेकाहिं पोल्ने घाम”, “नरोऊ न माया ए मेरी”, “नजाऊ मलाई छोडेर”, “आँखामा तिम्रो तस्वीर”, “तिमीले भुलेर”, “तिम्रै यादमा”, “कति याद गरु”ँ, भजन “भगवान हे साइराम” इत्यादि छन् । भर्खरै रेकर्ड गरिएको गीतकार नवराज कौडालको गीतमा पनि उहाँको नै स्वर तथा सङ्गीत रहेको छ । उहाँद्वारा सङ्गीतबद्ध तथा गाइएका गीतहरु उहाँको युट्युब च्यानल मार्फत सुन्न सकिन्छ ।