पहिराेले पुर्याएकाे क्षतिप्रति मुख्यमन्त्री गुरुङद्वारा दु:ख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पहिराेले पुर्याएकाे क्षतिप्रति मुख्यमन्त्री गुरुङद्वारा दु:ख व्यक्त

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७७, बिहीबार

    पाेखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अविरल वर्षासँगै आएकाे पहिराले पुर्याएकाे क्षतिप्रति दु:ख व्यक्त गर्नुभएकाे छ । बिहीबार प्रेस विज्ञप्ती मार्फत मुख्यमन्त्री गुरुङले स्याङ्जा, बागलुङ लगायतका जिल्लामा भएकाे मानवीय तथा भाैतिक क्षतिप्रति दु:ख व्यक्त गर्नुभएकाे हाे ।

    मुख्यमन्त्री गुरुङले दुःखद् घटनामा ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार एवं आफन्तजनमा समवेदना प्रकट गर्नुभएकाे छ । सङ्कटको घडीमा खोजी, उद्धार र उपचार कार्यमा जुट्ने सबैप्रति धन्यवाद प्रकट गर्दै मुख्यमन्त्री गुरुङले बाढी पहिरोमा परि बेपत्ता हुनेहरुको शीघ्र खोजी तथा परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको तत्काल उद्धार, राहत र पुनर्स्थापनामा तदारुकताकासाथ लाग्न सम्वन्धित तहको ध्यानाकर्षण गराउनुभएकाे छ ।

    यतिवेला अविरल वर्षाका कारण बाढी पहिरोको जोखिम बढिरहेको अवस्थामा उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सक्रिय भएर जुट्न र विषम परिस्थितिमा धैर्यधारण गरी सावधानी र उच्च सतर्कता अपनाउन मुख्यमन्त्री गुरुङले सबैलाई आग्रह गर्नुभएकाे छ ।