पहिराेले गोठ भत्कियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    पहिराेले गोठ भत्कियो

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७७, बिहीबार

    तनहुँ : बुधबारदेखि परेको निरन्तरको वर्षापछि आएको पहिराले तनहुँको भीमाद नगरपालिका–२ स्थित खडानन्द सिग्देलको गोठ भत्किँदा गोठमा रहेका वस्तु मरेका छन् । पहिराले गोठ भत्किदा एउटा लैनो भैसी र बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    गोठ भत्किदा सिग्देलका छोरा अभिषेक सिग्देलको दाँत र निधारमा सामान्य चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भएको प्रहरीले जनाएको छ । वर्षाले जिल्लाका अन्य ठाउँहरुमा भने क्षतिको विवरण नरहेको प्रहरीले जानकारी दिएको छ ।