कलालाई किन झुक्यायो लाहुरेले ? (भिडियाे)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    कलालाई किन झुक्यायो लाहुरेले ? (भिडियाे)

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७७, बिहीबार

    तनहुँ : झललल रातो रिबन कालो कालो केशमा
    मनको मालिक बेपत्ता छन् उतै परदेशमा
    वैश ढल्किन लाग्यो लाहुरे आएन झुक्यायो

    गायिका कला लम्सालको आवाजमा रहेको उक्त गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको छ । चर्चित लोक गायिका लम्सालको “लाहुरे आएन झुक्यायो” गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । लम्सालकै युट्युव च्यानलमार्फत् सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियो दुई घण्टामै दुई हजार तीन सय पटक भन्दा बढी हेरिसकिएको छ ।

    कला र विमल परियारको आवाजमा रहेको उक्त गीतमा स्वयं कला र गम्भीर विष्टको अभिनय रहेको छ । शिव हमालको शब्द र सङ्गीत रहेको उक्त गीतको छायाङ्कन नवराज उप्रेतीले गर्नुभएको हो । ऐना हेरी हेरी, हेर्न मनाही छ, चाइनाको किरिम, धानको चामल लगायतका उत्कृष्ट गीत निकालिसक्नुभएकी कलाको “लाहुरे आएन झुक्यायाे” गीतलाई पनि दर्शकले मन पराउने विश्वास लिइएको छ ।