फार्मेसी दिवसमा वेदव्यास आश्रमलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    फार्मेसी दिवसमा वेदव्यास आश्रमलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७७, शुक्रबार

    तनहुँ : अन्तराष्ट्रिय फार्मेसी दिवसको अवसरमा नेपाल फार्मेसी सङ्घ गण्डकी प्रदेश तनहुँले व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई शुक्रबार सहयोग गरेको छ । दमौलीका महिलाहरुले सञ्चालन गरेको आश्रमलाई सङ्घले न्यानो कपडा र दिवा खाजा सहयोग गरेको हो ।

    सङ्घका प्रदेश सदस्य दामोदर भण्डारीले आश्रममा आश्रय लिइरहेका ६ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा र खाजा सहयोग गरिएको जानकारी दिनुभयो । कार्यक्रममा व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले छोराछोरीले आमाबुबाको कदर र सम्मान गर्ने दायित्व भुल्न नहुनेमा जोड दिनुभयो । वृद्धवृद्धाको सम्मानका लागि सरकारले कडा कानुनी प्रावधान व्यवस्था गरी लागु गनुपर्ने श्रेष्ठको भनाई थियो ।

    सङ्घका प्रदेश सदस्य भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निजी अस्पताल व्यवस्थापन सङ्घ तनहुँका अध्यक्ष चुडामणि दाहालले आश्रमलाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयो । आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले विभिन्न सङ्घसंस्थाको सहयोगले आश्रम सञ्चालन गर्न टेवा पुगेको बताउनुभयो । महिलाहरुले सञ्चालन गरेको आश्रमलाई सबैको सहयोग र सकारात्मक सल्लाह सुझावले थप उर्जा मिलेको आश्रमकी सचिव निर्मला मल्लले बताउनुभयो ।