२४ घण्टामा थपिए १२०७ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा थपिए १२०७ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७७, शनिबार

    काठमाडाै : पछिल्लाे २४ घण्टामा एक हजार दुई सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार १९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको संख्या ७१ हजार आठ सय २१ पुगेको छ । यस्तै गएको २४ घण्टामा एक हजार एक सय ४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

    योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ५३ हजार १३ जना पुगेका छन् । यो कुल संख्याको ७३ दशमलव आठ प्रतिशत हो । नेपालमा अब १८ हजार तीन सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये दुई सय २४ जना आईसीयूमा र २७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

    यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ६७ पुगेको छ ।