आँबुखैरेनी गाउँपालिकाद्वारा ट्राफिक प्रहरीलाई सङ्केत सामग्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी गाउँपालिकाद्वारा ट्राफिक प्रहरीलाई सङ्केत सामग्री

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०७७, सोमबार

    तनहुँ : सवारी चाप व्यवस्थित गर्ने उद्देश्य सहित तनहुँको आँबुखैरेनी गाउँपालिकाले ट्राफिक प्रहरीलाई सङ्केत सामग्री हस्तान्तरण गरेको छ । बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्नका लागि गाउँपालिकाले ट्राफिकलाई सङ्केत सामग्री हस्तान्तरण गरेको हो ।

    आँबुखैरेनीमा बढ्दै गइरहेको सवारी चापलाई व्यवस्थित गर्दै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य सहित प्रहरीलाई सामग्री सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो । आँबुखैरेनी बजारको ट्राफिक व्यवस्थापन गर्नु गाउँपालिकाको पनि दायित्व भएको थापाले बताउनुभयो ।

    जिल्ला ट्राफिक प्रहरी प्रमुख रानाभाटले स्थानीय तहले सामग्री प्रदान गरेपछि प्रहरीलाई काम गर्न हौसला मिल्ने र सामग्रीले ट्राफिक व्यवस्थापनमा सहजता आउने बताउनुभयो । “जथाभावी सवारी चलाउने, अस्तव्यस्त सवारी पार्किङ व्यवस्थापनका लागि ट्राफिक सङ्केत सामग्रीले सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो ।