बाँकेमा कोरोनाबाट दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • लुम्बिनी

    बाँकेमा कोरोनाबाट दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७७, मंगलवार

    बॉके : बाँकेमा मंगलबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर १० का ५३ वर्षीय पुरुष र नेपालगञ्ज मेडिकलेजमा कार्यरत ४१ वर्षीय पुरुषको मृत्यु भएको हो।

    प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार एक जनाको मंगलवार बिहान २ बजेतिर र अर्काको बिहान ३ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो। उनीहरुलाई भेन्टिलेटरमा राखेर प्लाज्मा थेरापीलगायत सबै प्रकारका उपचारका विधि अपनाएर उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको छ।

    योसँगै  बाँकेमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ।अहिलेसम्म बाँकेका ९ र बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका ७ जनाको मृत्यु भएको हो।

    फाइल तस्वीर