जनकल्याणका विद्यार्थीलाई स्वास्थ्य सामग्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    जनकल्याणका विद्यार्थीलाई स्वास्थ्य सामग्री

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७७, मंगलवार

    तनहुँ : कोरोना कहरका बीच विद्यालय खुलेपछि लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जनकल्याण माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै मास्क, स्यानीटाइजर, पञ्जा र थर्मल गन वितरण गरिएको टाउनले जनाएको छ ।

    टाउनका अध्यक्ष सुजनकुमार श्रेष्ठका अनुसार कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि एन९५ मास्क, ५ लिटर स्यानीटाइजर र एक थर्मल गन वितरण गरिएको छ ।

    कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ वि १ नेपाल अन्तर्गत रिजन ६० का रिजन चियरपर्सन भक्तबहादुर केसी, शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष एवं टाउनका पूर्व अध्यक्ष दीर्घबहादुर थापा, संस्थापक अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, जोन १२० का जोन चियरपर्सन प्रदीप थापा लगायतले बोल्नुभएको थियो ।

    क्लवले साेही वडाकाे कुमारी आधारभूत विद्यालयमा समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेकाे छ ।