दशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७७, मंगलवार

    काठमाडाै‌ : नेपालीहरुको महान चाड दशैंको अवसरमा सानिमा बैंकले निःशुल्क क्रेडिट कार्डको योजना ल्याएको छ । बैंकले यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित यस्तो योजना ल्याएको हो । 

    यो योजना १२ असोजदेखि असोज मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुने बैंकले जनाएको छ । यस योजनाअनुसार सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने भएको छ।  यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाइन सपिङ पोर्टल दराजमा ३ हजार रुपैयाँ र बराबरको सामान खरिद गर्दा ५ सय रुपैयाँको निःशुल्क भौचरसमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।