गिट्टि कुट्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गिट्टि कुट्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७७, मंगलवार

    स्याङ्जा : स्याङ्जामा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ। मंगलबार स्याङ्जा वालिङ नगरपालिका ११ पेखुका ३९ वर्षीय दुर्गाबहादुर थापाको मृत्यु भएको हो। 

    घटनामा दुई जना घाइते भएका छन्। ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिंजाली घाइते भएको डीएसपी राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो।

    पनिरगैह्रामा गिट्टि निकाल्ने क्रममा माथिबाट ढिस्को झरी तिनै जना घाइते भएका थिए। उपचारको लागी गह्रौं प्राथामिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा दुर्गा बहादुरको भने ज्यान गएको हो।