काठमाडौं : गायन रियालिटी सो ‘नेपाल आइडल ३’ का फस्ट रनरअप प्रविन बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमीलाई’ सार्वजनिक भएको छ । दुर्गाप्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो ।
गाउँले परिवेश समेटेर तयार पारिएको गीतमा माया तथा स्नेह देखाउन खोजिएको छ । नवराजसिंह खड्का र प्रतिशा रिजालको अभिनय रहेको भिडियो रिकेश बज्राचार्यले निर्देशन गर्नुभएकाे हाे । गीता संगीत संयोजन उदयराज पौडेलको रहेको छ ।