स्टर्लिग चम्किदा सिटीको सहज जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    स्टर्लिग चम्किदा सिटीको सहज जित

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बिहीबार

    एजेन्सी : म्यानचेस्टर सिटी कारबाओ कप फुटलबलको क्वार्टरफाइनमा प्रवेश गरेको छ । बुधबार राति भएको शीर्ष १६ को खेलमा बर्निललाई ३–० गोलले पराजित गर्दै सिटी काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

    सिटीको जितका लागि रहिम स्टर्लिगले दुई तथा फेरन टोरेसले एक गोल गरे । स्टर्लिगले एक गोल पहिलो हाफमा गरेका थिए भने थप एक गोल दोस्रो हाफमा गरेका हुन् । 

    खेलको ३५ औं मिनेटमा स्टर्लिगले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले बेन्जामिल मेन्डीको पासमा गोल गर्दै पहिलो हाफमा बर्निललाई १–० गोलले पछि पारेका थिए । त्यस्तै दोस्रो हाफ सुरु भएको चार मिनेट नबित्दै स्टर्लिगले फेरन टोरेसको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । 

    ६५ औं मिनेटमा टोरेसले गोल गरेका थिए । टोरेसको गोलका लागि स्टर्लिगले पास उपलब्ध गराएका थिए । जितसँगै सिटी काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यता पराजित बर्निल भने प्रतियोगिताबाट बाहिरिएको छ । 

    यस्तै अर्को खेलमा न्युक्यासलले न्युपोर्ट कन्ट्रीलाई पेनाल्टीमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ को बरबारी भएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा न्युसक्यासलले न्युपोर्टलाई पेनाल्टीमा ५–४ ले पराजित गरेको थियो ।