एट्लेटिको बाराबरीमा रोकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एट्लेटिको बाराबरीमा रोकियो

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बिहीबार

    एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले हुयस्कासँग गोलरहित बराबरी खेलेको हो । 

    हुयस्काको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले बराबरी खेल्दै एक–एक अंक बाड्न बाध्य भएको हो । भर्खरै मात्र बार्सिलोनाबाट एट्लेटिकोमा आएका लुईस सुआरेजले पनि आजको खेलमा त्यति प्रभाव जमाउन सकेनन् । 

    एट्लेटिकोले हुयस्काको पोस्टमा हानेका १६ उत्कृष्ट सट गोलमा परिणत हुन सकेनन् । यता यो सिजन मात्र शीर्ष डिभिजनमा परेको हुयस्काले भने एट्लेटिकोविरुद्ध उत्कृष्ट प्रभाव जमाउन सफल भएको थियो । 

    बराबरीसँगै एट्लेटिकोले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा ग्रानाडाविरुद्ध फराकिलो जित निकालेको एट्लेटिकोले दोस्रो खेलमा भने कमजोर प्रदर्शन गरेको थियो । यता ४ खेल खेलेको हुयस्काको तीन अंक रहेको छ ।