मनकामना केबुलकारको टिकट ईसेवा र फोन पेबाटै खरिद गर्न सकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मनकामना केबुलकारको टिकट ईसेवा र फोन पेबाटै खरिद गर्न सकिने

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बिहीबार

    काठमाडाै : अब मनकामना केबुलकारको टिकट ईसेवा र फोन पेबाटै खरिद गर्न सकिने भएको छ । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र ईसेवाबीच टिकट खरीद बिक्री सम्झौता भएको हो । 

    यस सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट खरिद गर्न लामो लाइनमा बस्नु पर्ने बाध्यता समेत अन्त्य भएको छ । भक्तजनको स्वास्थ्य सुरक्षा ध्यान दिँदै टिकट खरिद गर्दा नगद रहित कारोबारलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था थप गरेको मनकामन केबुलकारले जनाएको छ । 

    टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्यूटरमा ईटिकट प्राप्त हुन्छ सोही ईटिकट देखाई यात्रा गर्न सकिनेछ बताइएको छ ।