शुक्लागण्डकीमा थपिए ५ जना संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीमा थपिए ५ जना संक्रमित

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७७, बिहीबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा ५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले बिहीबार दिउँसो सार्वजनिक गरेको विवरणमा ३ वडाका उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

    होम क्वारेन्टिनमा बसेका वडा नम्बर ८ का ३३, २२ वर्षीय पुरुष, वडा नम्बर ५ की ५७ वर्षीया महिला तथा वडा नम्बर ४ मा होटल क्वारेन्टिनमा बसेका ३१ र १९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो । उनीहरुलाई आईसोलेसनमा लैजाने तयारी भएको छ ।

    तनहुँमा ५ जना सहित गण्डकी प्रदेशमा ९ जना संक्रमित थपिएका छन् । थप ४ जना बाग्लुङको काठेखोला गाउँपालिकाका हुन् । योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ९ सय ४९ पुगेको छ ।