क्याप्टेन विजय लामा कोरोना संक्रमण मुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    क्याप्टेन विजय लामा कोरोना संक्रमण मुक्त

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७७, शुक्रबार

    काठमाडौँ : वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणमुक्त हुनुभएको छ । संक्रमण मुक्त भएसँगै उहॉ  ललितपुरस्थित स्टार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

    उहॉ भदौ २९ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना हुनुभएको थियो । १८ दिनसम्म अस्पतालमा रहनुभएका लामा बिहीबार निको भएर डिस्चार्ज हुनुभएको हो ।

    उहॉले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ । ‘मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक दु:ख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिनँ’, उहॉले भन्नुभएको छ ‘यसबीचमा मैले भोगेका कष्टप्रद क्षणहरू अनगिन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर संघर्ष गरेर जितें।’