लागुऔषध मुद्धाका फरार प्रतिवादी आठ वर्षपछि पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    लागुऔषध मुद्धाका फरार प्रतिवादी आठ वर्षपछि पक्राउ

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७७, शुक्रबार

    तनहुँ : लागुऔषध मुद्धाका एक फरार प्रतिवादी आठ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका-१ गुरुङटार बस्ने सुदन थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    जिल्ला अदालत तनहुँको मिति २०६९ जेठ १६ गतेको फैसलाले निजलाई २ महिना कैद र रु दुई हजार जरीवाना तोकिएको थियो । त्यसमध्ये निजले दुई दिन कैद तथा तोकिएको जरीवाना भुक्तानी गर्न बॉकी थियो ।

    पक्राउ परेकालाई शुक्रबार अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

    विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी कार्यलाई तीव्रता दिइएको छ ।