खोलाले बगाएर एकै परिवारका पॉच बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सुदूरपश्चिम

    खोलाले बगाएर एकै परिवारका पॉच बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०७७, शुक्रबार

    धनगढी : बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन्। हिमाली गाउँपालिका वडा नम्वर ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन्।

    हिमाली गाउँपालिका वडा नम्वर ५ कवाडीका धर्म नेपालीकी ३० वर्षीया श्रीमती सत्ता नेपालीसहित उनकी ५ वर्षीया छोरी आरती, ४ वर्षीया छोरी सन्तोषी, एक वर्षीया छोरी किस्मती र २ वर्षीया छोरा सम्मान बेपत्ता भएका हुन्।

    शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला छोराछोरीसहित आमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताउनुभयो ।

    सोही खोलामा झण्डै दुई महिना अगाडी पनि एक बालिका बगेर बेपत्ता भएकी थिइन्। सो खोलामा हरेक वर्ष ५/६ जनाले ज्यान गुमाउने गरेको स्थानीयले बताएका छन्। बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।