तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित सेती नदी किनारमा शनिबार एक व्यक्तिको शव फेला परेको छ । मृत अवस्थामा फेला परेका व्यक्तिको नामथर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तीनघरेस्थित सेती नदी किनारमा फेला परेको शवको पहिचान गर्ने काम भइरहेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।