काठमाडाै : पछिल्लाे त २४ घण्टामा कोभिड-१९ बाट ८ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ५२८ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा २ महिला र ६ पुरुष रहेका छन्।
महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण मृत्यु हुनेमा सुनसरीकी २८ वर्षीया र चितवनकी ७६ वर्षीया महिला रहेकी छिन्। त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा ललितपुरका ६७ वर्षीय, काठमाडौँका ८३ र ६८ वर्षीय, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलखाका ६५ वर्षीय र कैलालीका ७९ वर्षीय पुरुष रहेका छन्। कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.६२ प्रतिशत रहेको जनाइएको छ।