भरतपुर अस्पतालमा उपचाररत् ३६ वर्षीय कोरोना संक्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    भरतपुर अस्पतालमा उपचाररत् ३६ वर्षीय कोरोना संक्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०७७, शनिबार

    चितवन : भरतपुर अस्पतालमा उपचाररत् नवलपुरका ३६ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। लामो समयदेखि मुटु र कलेजोको उपचार गराइरहेका नवलपुरको विनय त्रिवेणी गाउँपालिका–२ दुम्किबासका ती पुरूषको शनिबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।

    असोज १३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई शनिबार दिउँसो १२ बजे अस्पतालको कोभिड आइसियूमा भर्ना गरिएको थियो।  खोकी, श्वासप्रश्वास तथा कलेजोमा समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।