दुई जिल्लामा थपिए २७ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    दुई जिल्लामा थपिए २७ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७७, सोमबार

    पाेखरा : गण्डकी प्रदेशमा सोमबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  संक्रमित हुने २६ जना पोखरा महानगरका हुन् ।  पोखरा महानगरको वडा नम्बर ३ मा १० जना संक्रमित भएका छन् । वडा नम्बर १४का तीन जना, वडा नम्बर १०, ७ र ११ का दुई–दुई जना र वडा नम्बर १७, १२, ३०, १३, १९, २२ र वडा नखुलेको एउटा वडाका एक–एक जना संक्रमित भएका हुन् । 

    नवपुलरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवपुरको मध्यविन्दुका एक जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयाे । निर्देशक डा. शर्माका अनुसार पोखरा १४ का ५१ बर्षीय पुरुष फेवासिटी अस्पतालमा उपचाररत छन् । 

    वडा नम्बर १४का २२ बर्षीय पुरुष दुबईबाट आएका हुन् । वडा नम्बर १२ का ३६ बर्षीय पुरुष पशुपन्छी तथा मत्स्य बिकाश निर्देशनालय पोखरामा कार्यरत चिकित्सक हुन् ।  बाँकी सबै कन्ट्रयाक ट्रेसिङका क्रममा संक्रमित भेटिएका हुन् ।  सोमबार थपिएका संक्रमित सहित गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या चार हजार २ सय २ पुगेको छ ।