५७ जिल्लामा थपिए १५५१ संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ५७ जिल्लामा थपिए १५५१ संक्रमित

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०७७, मंगलवार

    काठमाडौं : पछिल्लो २४ घण्टामा ५७ जिल्लामा कोभिड-१९ का संक्रमितहरुको पहिचान भएको छ। देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४७ नमुना परीक्षणका क्रममा ५०९ महिला र एक हजार ४२ पुरुष गरी एक हजार ५५१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    जुन पछिल्लो २४ घण्टामा भएको ७.१२ जनाको परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको छ।

    उपत्यकामा १०१७

    यसैबीच पछिल्लो २४ घण्टामा एक हजार १७ जना संक्रमित पहिचान भएका छन्। जुन कुल संक्रमितको ६५.५७ प्रतिशत हो।

    संक्रमण पुष्टि भएकामध्ये काठमाडौं जिल्लामा मात्र ७८३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २५८ महिला र ५२५ पुरुष छन्।

    त्यस्तै ललितपुर जिल्लामा ४९ महिला र ६९ पुरुष गरी ११८ जना संक्रमित पहिचान भएका छन्। भक्तपुर जिल्लामा ११६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ४३ महिला र ७३ पुरुष छन्।