तनहुँ : तनहुँको भानु नगरपालिकामा तीन वर्षीया बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षण अनुसार भानु नगरपालिका–१ की तीन वर्षीया बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै देवघाट गाउँपालिका–५ का ४३ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार जनाएको छ ।