सोलार आयोजनाद्वारा स्वास्थ्य सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    सोलार आयोजनाद्वारा स्वास्थ्य सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०७७, बिहीबार

    तनहुँ : तनहुँमा पहिलोपटक सोलारबाट ५ मेगावाट विजुली उत्पादन गर्न लागेको सोलार फार्म प्रालिले स्वास्थ्य सामग्री वितरण गरेको छ । बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको जग्गा भाडामा लिएर निर्माणाधिन आयोजनाले यहाँका १० वटा सङ्घसंस्थालाई मास्क, सेनीटाइजर, मेडिकल गाउन, पीपीई, फेससिल मास्क, लिक्वीड क्लोरिन, सेनीटाइजर डिस्पेन्सर, डिस्पेन्सर स्पे्रयर लगायतको सामग्री वितरण गरिएको हो ।

    शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखा, शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ को कार्यालय, जनकल्याण माध्यमिक विद्यालय, कुमारी आधारभूत विद्यालय, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घ, इलाका प्रहरी कार्यालय बेलचौतारा, क्याम्पसबस्ती टोल विकास संस्था , नेपाल विद्युत प्राधिकरण खैरेनीटार सबस्टेसन र शुक्लागण्डकी एफएम दुलेगौँडालाई उक्त सामग्री सहयोग गरेको प्रालीका निर्देशक शङ्करजंग गुरुङले बताउनुभयाे । उहाँका अनुसार सर्जिकल मास्क ९ सय ५० थान, पञ्जा ७ सय थान, सेनिटाईजर ८५ लिटर, पीपीई सेट र मेडिकल गाउन ६÷६ थान, फेस शिल मास्क १० थान, एन ९५ मास्क १६ थान, क्लोरिन १६ लिटर, सेनिटाईजर डिस्पेन्सर १ थान र डिस्पेन्स स्पेयर १ थान सहयोग गरिएको हो ।

    व्यवसायिक सामाजिक उत्तरदायित्व वहन गर्दै कोरोनाको सङ्क्रमण बढिरहेका बेलामा सहयोग गरेको गुरुङले बताउनुभयाे । प्रालिका व्यवस्थापक मनकाजी गुरुङ, शेयर सदस्य हरिकुमार श्रेष्ठ, इन्जिनियर रविन्द्र ढुंगाना, बृजेश तिवारी लगायतले सामग्री वितरण गर्नुभएकाे थियाे ।