तनहुँ : तनहुँको भानु नगरपालिका-१३ घर भई हाल व्यास नगरपालिका-४ निवासी शिव थापाले आमाको स्मृतिमा व्यास नगरपालिका-५ चापाघाटस्थित वेदव्यास आश्रमलाई सहयोग गर्नुभएको छ ।
स्व.पम्फावती थापाको निधन भएको ३० औ दिनको पुण्यतिथिमा थापाले महिलाद्वारा सञ्चालित वेदव्यास आश्रमलाई रु १० हजार ५ सय २५ सहयोग गर्नुभएको हो । उक्त रकम शनिबार थापाले आश्रमकी सचिव निर्मला मल्ललाई हस्तान्तरण गर्नुभयो । पितृ उद्घारको कामना गर्दै आश्रमलाई सहयोग गरेको थापाले जानकारी दिनुभयो ।
यस्तै व्यास नगरपालिका-४ निवासी नरेन्द्र घर्ती र माया गुरुङले पनि आश्रमलाई रु १ हजार १ सय ५० सहयोग गर्नुभएको छ ।
आश्रम सञ्चालनका लागि सहयोग गरेकामा मल्लले सहयोगदाताप्रति आभार व्यक्त गर्नुभयो । विभिन्न सङ्घसंस्था र व्यक्तिहरुको सहयोगले गर्दा आश्रम सञ्चालनका लागि सहयोग पुगेको मल्लले बताउनुभयो ।