काँग्रेस नेता पौडेल आइसोलेसनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काँग्रेस नेता पौडेल आइसोलेसनमा

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७७, शनिबार

    काठमाडौं : नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बस्नुभएको छ । घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि  नेता पौडेल आइसोलेसनमा बस्नुभएको हो ।

    तर, आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको उहॉले जनाउनुभयो । पार्टी कार्यालय सानेपामा १७ गते बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि होम आइसोलेशनमा रहेका नेताहरुको  पुनः स्वाव संकलन गरिएको थियो ।

    पार्टी कार्यालयका मुख्यसचिव, सचिव, कर्मचारी र नेताहरुका सुरक्षाकर्मी, सवारी चालकसहित १५१ जनाको स्वाव संकलन गरिएको थियो।