बागलुङमा ३० नेपाली सेना सहित गण्डकीमा थपिए ६२ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बागलुङमा ३० नेपाली सेना सहित गण्डकीमा थपिए ६२ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७७, आईतवार

    पोखरा : गण्डकी प्रदेशमा आइतबार बिहानै ६२ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार कास्की, बागलुङ र लमजुङमा सङ्क्रमित थपिएका छन् ।

    कास्कीको पोखरा महानगरपालिकामा २१, बागलुङको बागलुङ नगरपालिकामा ३६ र लमजुङको वेशीशहर नगरपालिकामा ४ र मर्स्याङ्दी गाउँपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    बाग्लुङ नगरपालिकाका २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाल आर्मीमा, २ जना पुरुष नेपाल प्रहरीमा र १ जना पुरुष र १ जना महिला बाग्लुङ ईजलासमा कार्यरत, ३६ बर्षीय पुरुष जिल्ला प्रहरी कार्यालयका थुनुवा र वार्ड नं २ का ५६ बर्षीय पुरुष स्थानीय ब्यबसायी हुनुहुन्छ |

    कास्की जिल्ला, पोखरा महानगरपालिका-८ का २ जना पुरुष चरक अस्पतालमा उपचाररत हुनुहुन्छ, वार्ड नं १५, १४, ४, २२, १, ३२, १७ का ७ जना भारतबाट आउनुभएको हो |