बिराटनगर र धरानमा एकैदिन ५ संक्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश १

    बिराटनगर र धरानमा एकैदिन ५ संक्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०७७, आईतवार

    बिराटनगर : कोरोना संक्रमणका कारण बिराटनगर र धरानमा एकै दिन पाँच जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरमा दुई र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो ।

    शनिबार राति नोबेल मेडिकल कलेजमा मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । सुनसरीको दुहवी नगरपालिका–३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको हो । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार महिलालाई २० असोजमा नोबेलमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा २१ असोजमा रिपोर्ट पोजेटिभ आएको थियो ।

    नोबेलमै उपचाररत सुनसरी हरिनगर–४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि राति १०ः१५ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–८ की ६२ वर्षीया वृद्धाको शनिबार राति ८ बजे, सनुसरीको दुहवीका ६५ वर्षीय वृद्धको आइतबार बिहान ३ः५० बजे र धनकुटाकी ६१ वर्षीया वृद्धा महिलाको पनि आइतबार बिहान ६ः४० बजे मृत्यु भएको छ ।

    शनिबार दिउँसो विराट मेडिकल कलेजमा इटहरी उपमहानगरपालिका–५ की ६४ वर्षीया महिलाको मृत्यु भएको थियो । शनिबार विहान न्यूरो अस्पतालमा पथरी शनिश्चरे नगरपालिका–६ की ९२ वर्षीया महिलाको पनि मृत्यु भएको थियो ।