थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७७, आईतवार

    काठमाडौं : बितेको २४ घण्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ४२७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    काठमाडौंमा १ हजार १४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

    नेपालमा बितेको २४ घण्टामा थप १ हजार ५५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ । यो कुल संक्रमितको ७०.३ प्रतिशत हो ।

    यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३१ हजार ३१५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १७ हजार ६६६ जना र संस्थागत आईसोलेसनमा १३ हजार ६४९ जना छन् । तिमध्ये ३२९ जना संक्रमितको आईसियु र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ६१३ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन र सुर्खेत गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताउनुभयाे । डाक्टर गौतमका अनुसार मनाङ र मुस्ताङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

    कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

    हिजो (शनिवार) नेपालमा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार २२९ जना संक्रमणमुक्त भएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।