एजेन्सी : नेसन्स लिग अन्तर्गत आइतबार राति भएको खेलमा फ्रान्स र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन। खेलमा फ्रान्सका स्टार केलियन एम्बाप्पे र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो मैदान उत्रिएपनि कुनै पनि गोल हुन सकेन।
देशका लागि १०१औं खेल खेलेका रोनाल्डोले खेलको अन्त्यतिर राम्रो मौका पाएपनि सदुपयोग गर्न सकेनन।
यस्तै एम्बाप्पेले पनि पाएका मौका सदुपयोग गर्न नसक्दा फ्रान्स बराबरीमा रोकिन पुग्यो। खेलमा मास्क लगाएका एक हजार दर्शकलाई उपस्थित दिइएको थियो।