ओली–प्रचण्ड छलफल शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओली–प्रचण्ड छलफल शुरु

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०७७, सोमबार

    काठमाडौ : कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र संघीय सरकारमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्तिबारे छलफल गर्न नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा छलफल शुरु भएको छ।

    बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने विषयमै छलफल गर्ने तय भएको थियो।

    शनिबार अचानक कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सो विषय थपिएको हो।

    ‘रिक्त मन्त्रालयमा मन्त्री नियुक्ती आज सोमबार गर्ने लगभग पक्का थियो,’ स्रोतले भन्यो, ‘कर्णाली प्रदेशमा पार्टीभित्रै समस्या देखिएको हुँदा त्यसबारे समाधान निकाल्ने कोशिस हुन्छ होला।’

    कर्णाली प्रदेश सभामा रहेका नेकपाका ३३ सांसदमध्ये बहुमत १८ जनाले पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्व आइतबार संसदीय दलमा अविश्वास प्रस्ताब दर्ता गराएका छन्।