तनहुँ : चितुवाको त्रास रहेको तनहुँमा फेरि एक चितुवा मृत अवस्थामा फेला परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका-१ अमारे गाउँमा मृत अवस्थामा चितुवा फेला परेको हो ।
भाले चितुवा मृत अवस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।
विगत एक वर्षकाे अवधिमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने चितुवाकाे सङ्ख्या सात पुगेकाे छ । डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ बसन्तपुर र व्यास नगरपालिका-५ पतेनीमा चितुवा मृत अवस्थामा फेला परेको थियो ।